अन्तराल १५ बर्षमा !

असल शासन प्रतिनिधि

नेपालगन्ज/ईभेन्ट म्यानेजमेन्ट, मिडिया, पुस्तक प्रकाशन, डकुमेन्ट्री, फिल्म, खेलकुद, फोटोग्राफी, गीतसंगीत लगायतका क्षेत्रमा काम गर्दै आएको अन्तरालले सफलतापूर्वक १५ वर्षको यात्रा तय गरेको छ।
यस अविच्छिन्न यात्राको श्रेय हाम्रा आदरणीय शुभेच्छुक र सहकर्मीहरुलाई जान्छ-बार्षिकोत्सवको अवसरमा अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने- स्थापनाकालदेखि हालसम्मका सहकर्मीहरुलाई म यतिवेला सम्झिरहेको छुँ।

अन्तरालका अनुसार, ६ वर्षदेखि बैशाख १ गतेलाई राष्ट्रिय झण्डा दिवशको रुपमा मनाउन थालिएको नेपाली राष्ट्रिय झण्डा महोत्सवले देशव्यापी रुप लिएको छ।

स्थापनाको १ दशकमा अन्तरालले गैरनाफामुलक अभियान शुरु गरेका थियो- अन्तराल फोटो बैंक। जहाँ २२ हजार भन्दा बढी दुर्लभ फोटोहरु आर्काईव गरिएको छ- प्रमुख कार्यकारी शाहले भने- यो नेपालगंजको लागि मात्र नभई मूलुककै अमूल्य सम्पत्ति वन्न पुगेको छ, जुन हाम्रा लागि गौरवको विषय हो।

१५ वर्षे यात्राको विशेष दिनको अवसरमा निकट भबिष्यमा नेपालगन्जमा अन्तराल संगीत पाठशाला सन्चालन गर्ने उक्त  संस्थाले  जानकारी दिएको छ। अन्तरालकै आयोजना र व्यवस्थापनमा आगामी वैशाखमा रारा म्याराथन हुँदैछ ।

  • ९ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech