कविता

असल शासन प्रतिनिधि

ए साथी, तिमी कुन पार्टीका
अग्रिम भूक्त्तानी या सापटीका
ए साथी, तिमी कुन पार्टीका

बुझिन तिम्रो दौडको रहस्य, सोच एक पटक फेरि
तिमी आनन्द या छटपटीका
ए साथी, तिमी कुन पार्टीका

मित्र, नशा त नशा नै हो नि
जहाँ पिए पनि
तिमी आँगन या भट्टीका
ए साथी, तिमी कुन पार्टीका

कहिले मेरो खेलमा त कहिले उसको खेलमा देखेँ तिमीलाई
तिमी, म या उनी पट्टीका
ए साथी, तिमी कुन पार्टीका

– बाल जोशी
अमेरिका

  • १० पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech