एकल महिला समूह अध्यक्षमा मोफसलबाट बिसीको उम्मेदवारी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ मानव अधिकारको लागि महिला, एकल महिला समूह (डब्लूएचआर) को केन्द्रीय अध्यक्षका लागि बाँके निवासी शोभा बिसीले उम्मेदवारी दिने भएकी छन् । उनको उम्मेदवारीसँगै मोफसलबाट अध्यक्षका लागि अगाडि सरेकी बिसी पहिलो हुन् ।

२०५२ सालमा समूह स्थापना भएदेखि काठमाडौंबाहिरबाट कोही पनि महिला अध्यक्ष हुन सकेका छैनन् ।

काम र व्यवहारका कारण महिलाहरू बीच प्रिय बिसीको जित पक्का भइसकेको भन्दै काठमाडौंबाहिरका महिला पनि अध्यक्ष हुन लायक छन् भन्ने प्रमाणित गरेको भन्दै एकल महिला मतदाता खुशी व्यक्त गरिरहेका छन् ।

नेपाली सेनामा कार्यरत श्रीमान् सुरेन्द्र बीसी अर्घाखाँचीको सन्धीखर्चमा मारिएपछी २१ वर्षको उमेरमा बिधवा भएकी बिसीले आफूजस्तै विधवा महिला संगठित गरी ०५९ सालदेखि बाँकेमा डब्लूएचआरलाई क्रियाशील बनाएकी थिइन् । उनका श्रीमान् सशस्त्र द्वन्द्वका बेला ०५९ सालमा मारिएका थिए ।

बिसी ०५९ सालमा डब्लूएचआरको जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष हुँदै केन्द्रीय सदस्य र हाल केन्द्रीय उपाध्यक्ष भएर एकल महिला हकहितका लागि काम गरिरहेकी छिन् ।

  • १० पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech