मुगुमा युवा स्वयम् सेवकलाई अभिमुखिकरण

असल शासन प्रतिनिधि

मुगु / मुगुको छायाँनाथरारा नगरपालिकाका युवाहरुलाई अभिमुखिकरण गरिएको छ ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत सामाजिक ब्यवहार परिवर्तनका लागि सञ्चार कार्यक्रम अन्तरगत स्वयम् सेवकहरुको क्षमता अभिबृद्धीका लागि पौष १० गते एक दिने अभिमुखिकरण गरिएको हो ।
समुदाय, बिद्यालय तथा बढी भिडभाड हुने स्थानहरुमा कोभिड १९ सक्रमणको रोकथाम कम गर्न, ब्यवहार परिवर्तन र मास्कको सहि प्रयोग गर्ने र गराउने बिषयमा प्रभावकारि अभियान सञ्चालन गर्न युवाहरुको समुह तयार गरी उनीहरुको क्षमता अभिबृद्धी गरिएको हो ।


छायाँनाथ रारा नगरपालिकाका १३ जना युवाहरुको सहभागिता गरिएको अभिमुखिकरणमा कोभिड १९ सक्रमणको रोकथाम प्रभावकारी उपाय, जनस्वास्थ्यका मापदण्डहरुको सहि पालना कसरी गर्ने, ब्यवहार परिवर्तनका लागि युवाहरुको भुमिका, सञ्चार के हो र प्रभावकारी सञ्चारका विभिन्न बिषयमा युनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्यले सहजिकरण गरेका थिए ।


अभिमुखिरण पछि सहभागिहरुले आफ्नो समुदायमा अभियान सञ्चालन गर्न पाउदा खुसी लागेको बताए । अभिमुखिकरणले कोभिड १९ सक्रमणको रोकथान कसरी गर्ने, प्रभावकारी सञ्चार लगायतका बिषयमा प्रष्ट जानकारी भएको प्रतिक्रिया दिएका थिए । अभिमुखिकरणमा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश कार्यक्रम संयोजक हेमराज भट्टले गरेका थिए । कार्यक्रमको सञ्चालन बासका कार्यक्रम अधिकृत धिरेन्द्र बहादुर भामले गरेका थिए ।

  • १० पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech