नगर प्रमुख शाहीसँग सञ्चारबारे छलफल

असल शासन प्रतिनिधि

मुगु / छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरि जङ्ग शाहीसँग विकासका लागि सञ्चार कार्यक्रमबारे छलफल गरिएको छ ।
कोभिड १९ सक्रमणको रोकथाम प्रभावकारी उपायका बिषयमा नगर प्रमुख शाहीसँग भेटघाट तथा छलफल गरिएको हो । छलफलको क्रममा प्रमुख शाहीले नगरपालिकामा कोभिड १९ को सक्रमण रोकथामका लागि प्रभावकारी रुपमा काम भईरहेको बताए । उनले नगरपालिकाले भ्याक्सीनेशनलाई पहिलो प्राथमिकतामा राखी काम गरिरहेको बताउदै सबैको साझाँ सहकार्यले नगरपालिकाको लक्ष्य पुरा हुने विश्वास ब्यक्त गरे । छायाँनाथ रारा नगरपालिकामा वाल संरक्षण र विकासका लागि सञ्चार कार्यक्रम सञ्चालन भईरहेकोमा खुसी ब्यक्त गर्दै नगरपालिकाले समन्वयात्मक भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । छलफलको क्रममा छायानाथ रारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख पशुपति शाहीले नगरपालिकाले गरिरहेका कामहरु र प्रगतिको बारेमा जानकारी गराएका थिए । छलफलको क्रममा युनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्यले सामाजिक ब्यवहार परिवर्तनका लागि सञ्चार कार्यक्रमको बारेमा जानकारी गराएका थिए । छलफलको अन्त्यमा छायाँनाथ रारा नगरपालिकालाई पहिलो कोभिड १९ पुर्ण खोपयुक्त पालिका घोषणा गर्ने गरी अगाडी बढ्ने नगर प्रमुख शाहीले प्रतिबद्धता गरेका छन् ।
छलफलमा छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरि जङ्ग शाही, स्वास्थ्य शाखा प्रमुख पशुपति शाही, युनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्य, बाल संरक्षण र विकासका लागि सञ्चार कार्यक्रमका कार्यक्रम संयोजक हेमराज भट्ट, कार्यक्रम अधिकृत धिरेन्द्र बहादुर भाम, सामाजिक परिचालक पार्वती मल्लको उपस्थिती रहेको थियो ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालले कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा बाल संरक्षण तथा सामाजिक ब्यवहार परिवर्तनका लागि सञ्चार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • १० पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech