लागु औषध सहित बोगटी पक्राउ

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ठूलो परिणामको लागु औषध सहित एक व्यक्ति पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चेकजजाँच गर्ने क्रममा कैलाली लम्कि चुवा नगरपालिका ४ बस्ने २४ बर्षिय कर्ण बोगटीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, भारतबाट लागु औषध सहित नेपालगञ्ज फर्किन लागेका बोगटीलाई मध्यान्ह नेपालगञ्ज जमुनाह नजिकबाट पक्राउ गरिएको हो । प्रहरीले उनको साथमा रहेको २१५ पिस फेनिरामाइल एभिल, १० पिस नाईट्रोभेट, २१० पिस ट्रामाडोल बरामद गरेको छ ।

 

  • १२ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech