राप्तीसोनारीका छात्राहरुलाई साईकल

असल शासन प्रतिनिधि

बाँके/राप्ती सोनारी गाउँपालिकाले छात्राहरुलाई साईकल बितरण गरेको छ ।

गाउँपालिकाले आइतबार कार्यक्रम आयोजना गरि १६९ छात्राहरुलाई साईकल बितरण गरेको हो ।

सरस्वती माध्यामिक बिध्यालय भवनियापुरका १३७ र श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय अगैयाका ३२ छात्राहरुलाई पालिकाले साइकल बितरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले छात्राहरुलाई साईकल हस्तान्तरण गर्दै छात्राहरुको सशक्तिकरणका साथै पठन, पाठनमा सहज होस् भन्ने हेतुले साईकल बितरण गरेको बताए । २५० बढिको सहभागितामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य गाउँपालिकाका प्रमुख प्रशासकिय प्रमुख लोक बहादुर शाहीले व्यक्त गरेका थिए ।

  • १२ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech