नेपालगञ्ज/आधारभुत होटल व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
बासको आयोजना र द होटेल स्कुल नेपालको संयुक्त आयोजनामा पौष ६ गते देखि सञ्चालित उक्त तालिम सोमवार सम्पन्न भएको हो ।
बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको सो कार्यक्रममा बासका महासचिव शिव कुमार वर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखा सचिव आशिष वर्मा र द होटेल स्कुल नेपालका प्रमुख सन्जय श्रेष्ठले बोलेका थिए ।
१५ जना सहभागि रहेको उक्त तालिम समापन कार्यक्रमको सञ्चालन बासका स्वयंसेवक संयोजक तपेन्द्र बहादुर मलातीले गरेका थिए । तालिममा प्रतिकृया मन्तव्य दिदै सहभागि रेखा खनाल र सुमन पनेरुले तालिम प्रभावकारी रहेको बताएका थिए ।