३५ दिने सेवाकालिन प्रशिक्षण तालिम शुरु

असल शासन प्रतिनिधि

नेपालगञ्ज/प्रदेश प्रशिक्षण प्रतिष्ठान कार्यालय लुम्विनीले कार्यालय संञ्चालन तथा व्यवस्थापन बिषयक ३५ दिने सेवाकालिन प्रशिक्षण तालिम सुरुवात गरेको छ ।

लुम्बिनी प्रदेशमा कार्यरत राजपत्र अनंकित प्रथम र द्धितिय श्रेणि सहायक स्तर चौथो र पाँचौ तहमा कार्यरत कर्मचारीहरुका लागि प्रदान गर्न थालिएको सो तालिमको उद्घाटन आज सम्पन्न भएको हो ।

प्रदेश प्रशिक्षण प्रतिष्ठान कार्यालयका कार्यकारी निर्देशक गुरु प्रसाद शर्माको अध्यक्षतामा भएको सो कार्यालयका लेखा अधिकृत भुगोल कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमकोृ समापन गर्दै प्रदेश प्रशिक्षण प्रतिष्ठान कार्यालयका कार्यकारी निर्देशक गुरु प्रसाद शर्माले कर्मचारीहरुको बृत्ति बिकासका लागि तालिम आयोजना गरिएको बताए ।

प्रदेश प्रशिक्षण प्रतिष्ठान कार्यालयका सूचना अधिकृत कृष्ण बहादुर बिष्टले सञ्चाजन गरेको कार्याक्रममा ३० जनाको सहभागिता रहेको थियो ।

  • १३ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech