गेरुवाको सामाजिक परिक्षण सम्पन्न

असल शासन प्रतिनिधि

बर्दिया/गेरुवा ग्रामीण जागरण संघ बर्दियाको सामाजिक परिक्षण कार्यक्रम पौष ७ गते सम्पन्न भएको छ ।

गुलरिया बर्दियामा सम्पन्न सामाजिक परिक्षण कार्यक्रमको अन्तमा संस्थागत सुधारका लाागि विभिन्न प्रतिवद्धता व्यक्त गरिएको छ ।

व्यक्त गरिएका प्रतिबद्धताहरुमा सामाजिक परीक्षणमा पेश गरिएका प्रतिबेदनहरु अनुमोदन गर्ने, सामाजिक परीक्षणलाई निरन्तरता दिने, आगामी बर्षमा सामाजिक परीक्षण गर्दा सामाजिक परीक्षणका सम्पूर्ण बिधिहरु अवलम्वन गर्ने र संस्थाको पहलबाट आएका परिजर्तनहरुलाई जनमानस सम्म पुर्याउन बिबिधता अपनाउने रहेका छन् ।

संस्थाकी उपाध्यक्ष स्वागत गरेको कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक हरि सुवेदी, संस्थाका कार्यक्रम संयोजकहरु यदु के.सी., सुमित्रा पौडेल, रामरुप कौशल, गोपाल कंडेल, गफ्फार अलिले संस्थाले सञ्चालन गरेका परियोजनाहरुको प्रगति प्रतिबेदन प्रश्तुत गरेका थिए भने सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षणको प्रतिबेदन प्रश्तुत गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी, गैर सरकारी संस्था महासंघ नेपाल, बर्दियाका अध्यक्ष बिष्णु प्रसाद तिमिल्सना, नेपाल रेडक्रस सोसाईटी बर्दियाका अध्यक्ष कृष्ण प्रसाद गौतम लगायतले प्रतिबेदनहरु बारे सुझाव दिएका थिए ।

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष कृष्णजँग शाहले संस्थाबाट ८ वटा परियोजनाबाट ८ करोड ८६ लाख ९४ हजार रुपैयाँको लागतमा खानेपानी, सरसफाई, युवा, किशोरी, बालबालिका, महिला स्वास्थ्य, शिक्षा कार्यक्रम गरिएको बताए । उनले सहभागिहरुका सुझावलाई कार्यान्वय गर्दै अघि बढ्ने बताएका थिए ।

  • १३ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech