तत्कालीन राजा वीरेन्द्रको सालिक पुनर्स्थापना

असल शासन प्रतिनिधि

नेपालगन्ज/ तत्कालीन राजा वीरेन्द्रविरविक्रम शाहको सालिक सुर्खेतमा पुनर्स्थापना गरिएको छ । बुधबार सुर्खेतस्थित वीरेन्द्र चोकमा तत्कालीन राजा वीरेन्द्रको अर्धकदको सालिक पुनर्स्थापना गरिएको हो ।

२०४४ सालमा राखिएको तत्कालीन राजा वीरेन्द्रको सालिक २०६२/६३ को आन्दोलनमा गणतन्त्रको माग गर्दै तोडफोड गरिएको थियो । तत्कालीन राजा वीरेन्द्रको जन्मजयन्तीको अवसर पारेर गोरक्ष पिठादिस योगी बलभद्रको अगुवाइमा युवाहरुले सालिक पुनर्स्थापना गरेका हुन् ।

तत्कालीन राजा वीरेन्द्रले २०३३ सालमा पहिलो पटक सुर्खेत आएका बेला उपत्यकालाई गुरुयोजना बनाउन पठाएका थिए । त्यो समय कटकुवा पञ्चायतका रुपमा रहेकाले उपत्यकाको नाम वीरेन्द्र चोक नामकरण गरिएको थियो ।

  • १४ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech