चौधरी र महतराको चिनजान ‘मित’मा बद्लियो

असल शासन प्रतिनिधि

नेपालगन्ज/ माया प्रेम र स्नेह जोडिएपछि मन मस्तिष्क साथी त्यही हुन्छ । दुई जनाबीचको सम्बन्ध सुमधुर प्रेम र मिलनसार साथीको रुपमा । मान्छेको सबैभन्दा नजिक परिवारका सदस्यहरु पर्ने गर्दछन भने अर्को नजिक भनेको अति मिलनसार साथी । दुख, कष्ट र खुसीमा सधै साथ दिने त्यही साथी नै हुन्छ । तर साथी पनि फरक फरक प्रकृतिका हुने गर्दछन् ।

कोही आफनै गाउँ घर छिमेक समुदायमा सँगै बस्ने पढ्नेदेखिको नजिकको साथी कोही भनेपछि युवा अवस्थामा साथी बनाउने गर्दछन् । यस्ता थुप्रै उदाहरणहरु रहेका छन् । मित नाता भनेको सबै कुरामा साथ दिने र परिवारिक जस्तै बन्न पुग्छ । यस्तै दुईजना व्यवसायिक प्रतिष्ठित व्यक्ति मित बनेका छन् ।

बाँके डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी र व्यवसायी कालीकोट निवासी प्रेम बहादुुर महतराले विधिपूर्वक विशेष पूजाआजा गरी मित लगाएका छन् । नेपालगन्ज बागेश्वरी मन्दिरमा उहाँ दुवै जनाले बुधबा पुजापाठ गरी मित लगाएर आत्मीय साथी बनेका छन् । पहिलोपटक उनीहरुबीच साथीको नाता सुरु भएको छ ।

शुभकालिका–८ कालीकोटका ५६ वर्षीय महतराले भने,‘ म चौधरीजी लाई करिब १५ वर्षदेखि चिन्छु, धेरैपटक भेटघाट भएको छ, म एउटा राम्रो साथीको खोजीमा रहेको थिएँ । तर चौधरीबाट म प्रभावित भएर सम्बन्धको नाता जोडेको छु । उनले साथीको नाता निस्वार्थ भावनाबाट उत्प्रेरित भएर नाता गाँसेको बताए ।’

यता नरेन्द्र कुमार चौधरीले आफूलाई पहिलोपटक साथीको प्रस्ताव आएपछि मेलै सहज रूपमा स्वीकार गरेको बताए । मित जोडिएका दुवै जनाले साथीको नाता जीवन्त बनाउने प्रतिबद्धता गरेका छन् ।

  • १४ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech