‘जीवन रक्षाको माग’ गर्दै प्रशासनको ध्यानाकर्षण

असल शासन प्रतिनिधि

नेपालगन्ज/ चिसो तथा शीतलहर शुरु भएपछि त्यसबाट बच्नका लागि पूर्व तयारीबारे बाँके र बर्दियाका प्रशासनको ध्यानाकषर्ण गराइएको छ । बाँकेका नागरिक समाजका अगुवाहरुको एक समुहले आज बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारलाई चिसोको व्यवस्थापन तथा पूर्व तयारीका बारेमा ध्यानाकषर्ण गराएको हो ।

अहिले बाँकेमा चिसो बढेपछि शीतलहर र कुहिरोका कारण ज्येष्ठ नागरिक, असहाय, बालवालिका, दिर्घरोगी, मजदुर, अति विपन्न परिवारका नागरिकहरुको स्वास्थ्यमा प्रतिकूल असर परी बिरामी भई जनजीवन कष्टकर हुने गर्दछ । सो कुरालाई मध्यनजर गर्दै ५ बुँदे ध्यानाकषर्ण गराइएको हो ।

शीतलहरका कारण मानव जीवनमा पर्न सक्ने असर र सो बाट बच्ने उपायबारे प्रत्येक गाउँ, टोलमा जनचेतना फैलाउने कार्य तत्काल गर्न गराउन, चिसो तथा शीत लहरका कारण नागरिकको जीवन रक्षार्थ प्रत्येक टोलटोलमा दाउराको व्यवस्था गर्न, ज्येष्ठ नागरिक, असहाय, बालवालिका, दिर्घरोगी, अतिविपन्न परिवारका नागरिकहरुलाई जाडो तथा शितलहरबाट सुरक्षित राख्नका लागि न्यानो कपडा तथा उचित राहतको व्यवस्थापन गर्न, शीतलहरका कारण हुन सक्ने विरामीलाई औषधी उपचारको यथोचित समयमा व्यवस्थापन तथा पूर्वतयारीको राम्रो व्यवस्थापन गर्न र विपत जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसारको मानवीय काम कारबाहीलाई अघि बढाउन माग गरि सोको कार्यन्वयनका लागि ध्यानाकषर्ण गराइएको हो ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समूहले ध्यानाकषर्ण गराएको छ । यसैबीच बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई बर्दिया नागरिक समाजका अगुवाहरुको एक समूहले ज्ञापनपत्र बुझाएको छ ।

  • १४ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech