सहजकर्ताहरुसंगको बैठक सम्पन्न

असल शासन प्रतिनिधि

बासद्धारा बिभिन्न स्थानीय तह तथा वडाहरुमा सञ्चालित नागरिक सहायता कक्षमा कार्यरत कर्मचारीहरुको बैठक सम्पन्न भएको छ ।

नागरिक सहायता कक्षबाट भएका उपलब्धिहरुको समिक्षा तथा आगामी कार्ययोजना तय गर्ने उद्देश्यका साथ बिहिबार नेपालगन्जमा सो बैठक सम्पन्न भएको हो । बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको बैठकमा आगामी हप्ता नागरिक सहायता कक्षका सहजकर्ताले अन्य नागरिक सहायता कक्षको अवलोकन गर्ने, नागरिक सहायता कक्षबाट प्रवाह गरिने सेवालाई थप प्रभावकारी बनाउने लगायतका निर्णय गरिएको छ ।

बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको बैठकमा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निबर्तमान अध्यक्ष मन भण्डारी र कार्यकारी निर्देशक नमस्कार शाहले कर्मचारीहरुको काम, कर्तब्य र जिम्मेवारीको वारेमा सहजिकरण गरेका थिए । बैठमा सहजकर्ताहरुले आफ्नो अनुभव तथा आगामी कार्ययोजनाको वारेमा बोलेका थिए । बासद्धारा बाँके, बर्दिया लगायत जिल्लाका २४ स्थानमा नागरिक सहायता कक्ष सञ्चालित छ ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech