महिला किसानलाई बाख्रा पालन तालिम

असल शासन प्रतिनिधि

खजुरा/ बाँकेको खजुरा गाउँपालिकामा महिला किसानलाई निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले व्यवसायिक बाख्रा पालन तालिम दिन सुरु गरेको छ । खजुरामा आयोजित बाख्रा पालन तालिम ३ दिन सम्म सञ्चालन हुने छ । निर्धनसँग आवद्ध जिल्लाका महिला किसानहरुलाई बाख्रा पालन तालिम दिइएको हो ।

कृषि अनुसन्धान निर्देशनालयका ४ जना प्रशिक्षकले तालिमको सहजीकरण गर्ने निर्धन उत्थानले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले किसानको आर्थिक अवस्थामा सुधार ल्याउन सीप सिकेर व्यवसाय गर्न आवश्यक रहेको बताए । परम्परागत रुपमा बाख्रा पालन गर्दै आएका किसानहरू अब व्यवसायिक बन्न जरुरी रहेको उल्लेख गरे । निर्धनले आफू सँग जोडिएका किसानको आर्थिक अवस्थालाई बढाउन विभिन्न सीप प्रदान गर्दै आएको जानकारी दिए । तालिम लिएर यसको सही सदुपयोग गर्न अनुरोध गर्दै निर्धन उत्थानका प्रमुख कार्यकारी अधिकृत पन्तले बाख्रा पालन गर्ने किसानलाई बजारको कुनै समस्या नरहेको बताए । उनले सहभागी किसानलाई उद्यमतिर लाग्न पर्नेमा जोड दिए । ’उद्यमशीलताले अघि बढ्न मद्दत गर्दछ’– प्रमुख कार्यकारी अधिकृत पन्तले भने । निर्धनले कर्जा दिने बचत लिने मात्र नभएर स्थानिय किसानलाई सीप सिकाउने, आत्मनिर्भर बनाउन सहयोगी भूमिका खेल्दै आएको उनले बताए । तालिममा ३२ जना महिला किसानहरूको सहभागिता रहेको खजुरा शाखा प्रबन्धक लेखनाथ काफ्लेले जानकारी दिए ।

निर्धनले ऋण लिने महिलाहरुलाई रकमको बीमा समेत गरिदिने भएकाले त्रिवेणी महिला समूहका सदस्य सुष्मा बिसीको निधन भएपछि उनको परिवारलाई बीमाको दाबी भुक्तानी बापत ७ लाख ३ हजार ३ सय मृतकका श्रीमान् धन बहादुर बुढालाई चेक हस्तान्तरण गरेको थियो ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech