पुस २२ गतेदेखि प्रदेशस्तरीय प्रदर्शनी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ आगामी पुस १२ गतेदेखि २६ गतेसम्म नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय पदर्शनी हुने भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा महिलाहरुद्वारा उत्पादित सामाग्रीहरुको प्रदर्शनी गरिने भएको हो ।

महिला उद्यमी संघ बाँकेले बिहीबार नेपालगन्जमा रहेको कोसेली घरमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रदर्शनीको बारेमा जानकारी गराएको छ । कार्यक्रममा बोल्दै महिला उद्यमी संघ लुम्बिनी प्रदेशका संयोजक सरस्वती शर्माले नेपालगन्जमा रहेको सोनाकरी पाटी प्यालेसमा कार्यक्रम आयोजना हुने बताइन् ।

शर्माले प्रदर्शनी कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका महिलाहरुको सहभागिता रहेने बताइन् । उनले प्रदर्शनीमा महिलाहरुले उत्पादन गरेका सामाग्रीका लागि ५० स्टल राखिने बताइन् ।

‘महिलाहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरण र उनीहरुले उत्पादन गरेको सामानहरु बिक्री गराउने उद्देश्यका साथ प्रदर्शनीको अयोजना गरिएको हो,’ शर्माले बताइन् ।

त्यस्तै कार्यक्रमा महिला उद्यमी संघ, बाँकेकी अध्यक्ष निरुपमा रस्तोगीले प्रदर्शनीमा उपस्थिति जनाएका सबै महिला उद्यमीका लागि निःशुल्क स्टल उपलब्ध गराइने बताइन् । उनले भनिन्, ‘हामीले प्रदर्शनीमा आउने महिलाको स्टल खर्च, खानबस्न र आउने जाने भाडाको व्यवस्था गरेका छौं ।’

अध्यक्ष रस्तोगीले प्रदर्शनीमा मुख्य उद्देश्य बजारीकरण रहेको भएता पनि व्यापारलाई पनि जोड दिने बताइने । उनले प्रदर्शनीमा ल्याइएका समानहरु कोसेली घरले नै राखेर बिक्री गर्दिने बताइन् । प्रदर्शनी कार्यक्रमका लागि चार लाख बजेट आएको महिला उद्यमी संघ नेपाल, बाँकेकी महासचिव सुनिता पाण्डेले बताइन् ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech