एक किलो सुनसहित दुई पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ एक किलो सुनसहित दुईजना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका–२० राँझा चोकबाट बारेकोट नगरपालिका–६ जाजरकोटका २२ वर्षीय राजु कार्की र वडा नम्वर ८ बस्ने पूर्णबहादुर विक पक्राउ परेको बाँकेका निमित्त प्रहरी प्रवक्ता खिमप्रसाद घर्तीले जानकारी दिए । घर्तीका अनुसार राँझामा सुनको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरीबाट खटिएको प्रहरी टोलीले जाँच गर्नेक्रममा उनीहरुबाट सुनको एउटा विष्कुटसँगै नगद बरामद भएको हो ।

प्रहरीले उनीहरुको साथबाट दुई लाख ७७ हजार नगद र चार लाखको चेक बरामद गरेको जनाएको छ । बुधवार राती प्रहरीले नियन्त्रणमा लिएका उनीहरुलाई बिहीवार जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान शुरु गरेको घर्तिले बताए । यसअघि पनि नेपालगञ्जको राँझा विमानस्थलमा ठूलो परिमाणमा सुनसहित दुईजना पक्राउ परेका थिए ।

 

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech