कृषकमाथि लगानी गर्नु पर्नेमा जोड

असल शासन प्रतिनिधि

बाँके (राप्तीसोनारी)/ राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सहकारीहरुले स्थानीय कृषि पेशामा आवद्ध कृषकहरुका लागि लगानीमा जोड दिनुपर्ने बताएका छन् । विहिबार राप्ती सोनारी ६ स्थित प्रभा कृषि सहकारी संस्था लि. को ७औं वार्षिक साधारण सभा तथा नवनिर्मित ३ कोठे भवनको उद्घाटन कार्यक्रममा अध्यक्ष थारुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका अध्यक्ष थारुले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीले छरिएर रहेको पुँजी, सीप, ज्ञान र सिर्जनालाई एकत्रित गरेर उत्पादनको, विकासको र स्वयम् रोजगारको काममा लगाउनु पर्ने बताए । साधारण सभामा संस्थाका अध्यक्ष बिदेव बहादुर खाण (ठकुरी) ले संस्थाको आ.व. ०७७/०७८ मा सहकारीले गरेको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारी संस्थाका व्यवस्थापक मिना कुमारी थारुले आ.व.२०७७/०७८ को १ करोड ३६ लाख ७७ हजार ९ सय ३ रुपैयाँ आयव्य प्रस्तुत गरेकी थिइन् । साथै उनले चालु आर्थिक वर्ष २०७८÷०७९ मा ३ करोड कारोबार गर्ने सहकारीले लक्ष्य लिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष देव बहादुर खाँण (ठकुरी) को अध्यक्षतामा भएको साधारण सभामा संचालक समिति, ऋण समिति, लेखा समिती, शेयर सदस्य, संघ संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । राप्ती सोनारी गाउँपालिकाको १६ लाख लागतमा प्रभा सहकारी संस्थाको नवनिर्मित भवन निर्माण भएको हो ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech