अपाङ्गता समावेशी तथा पुनर्स्थापना सव कलष्टर बैठक नेपालगन्जमा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ अपाङ्गता समावेशि तथा पुनर्स्थापना सव कलष्टरको बैठक नेपालगन्जमा सम्पन्न भएको छ । विश्व स्वास्थ्य संगठनको सहयोगमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको बैठकमा प्रदेशका १२ वटै जिल्लाका अपाङ्गताको क्षेत्रका अगुवाहरुको सहभागिता रहेको थियो ।

बैठकमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार खोजनाका लागि महासंघ स्थापना भएको भन्दै अधिकारका लागि सरकारसँग समन्वय सधै हुनु पर्ने बताए । अपाङ्गता भएका व्यक्तिहरु अब राजनीति र सरकारको नेतृत्वमा जानका लागि आफ्नो स्थान बनाउन पर्ने उनको भनाइ छ । सहायक सामाग्री र पहुँचयुक्ततालाई मात्रै आफ्नो मुद्दा नबनाई नेतृत्व पनि प्रमुख मुद्दा हुनु पर्ने उनको जोड छ । विद्यालयको व्यवस्थापन समिति, वन उपभोत्ता समिति, सडक निर्माण समितिलगायतका समितिहरुमा पनि अपाङ्गता भएका व्यक्तिहरु सहभागी हुन पर्ने अध्यक्ष शर्माको भनाइ छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बीनी प्रदेशका अध्यक्ष देविदत्त आचार्यले नेतृत्वमा अपाङ्गता भएका व्यक्तिहरु पुग्न सके यस क्षेत्रका धेरै अधिकारहरु सुनिश्चित हुने बताए । आफ्नो क्षमता विकास गरी नेतृत्वका लागि आफूलाई तयार राखी पहल सुरु गर्न पनि उनको सुझाव छ । संस्थामा कार्यक्रम र पैसा हँुदासम्म मात्रै काम र चहलपहल मात्रै नभई कार्यक्रम नहुँदा पनि अपाङ्गताको क्षेत्रमा वकालत छुटाउन नहुने पनि उनको भनाइ छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशद्वारा संचालित हामी पनि सक्छौं परियोजना अन्तर्गत भएको बैठकमा १२ वटै जिल्लामा काम गर्ने महिला दांैतरी साथीहरु र फोकल परसनहरुको सहभागिता रहेको थियो ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech