अवैध उत्खननमा सक्रिय तीन टिप्पर प्रहरी नियन्त्रणमा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको राप्ती नदीमा अवैध रुपमा उत्खनन गरिरहेका तीन टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नदीबाट अवैध रुपमा ढुंगा, गिटी र बालुवा उत्खनन भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरले उक्त टिप्पर नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार राप्तीसोनारी गाउँपालिका २ को माथेवास नजिकै अवैध उत्खनन गरिरहेका ती टिप्पर नियन्त्रणमा लिएको हो ।

भे१ख ३२३१, भे१ख ३५४२ र भे१क १४३२ नम्बरको टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका टिप्परलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिलाई बुझाइने प्रहरीले जनाएको छ ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech