क्षमता अभिवृद्धिका लागि वीरेन्द्रनगरमा अभिमुखीकरण

असल शासन प्रतिनिधि

सुर्खेत/सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा युवाहरुलाई जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता विषयक एक दिने अभिमुखीकरण गरिएको छ । युनिसेफ नेपालको सहयोग तथा बास नेपालको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा युवा समूह गठन गरी एक दिने क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण गरिएको हो ।


वीरेन्द्रनगर नगरपालिकामा सञ्चालित कोभिड १९ खोप अभियानमा सहयोग गर्ने, नगरपालिका तथा विद्यालयहरुमा व्यवहार परिवर्तनका लागि अभियान सञ्चालन गर्ने, मास्क अभियानलाई तीब्रता दिने, बालबालिका तथा महिलाहरुको संरक्षणका लागि विभिन्न अभियानहरु सञ्चालन गने लगायत उद्देश्यले युवा समूह गठन गरी अभिमुखीकरण गरिएको हो ।
अभिमुखीकरणमा कोभिड १९ संक्रमणको रोकथाम प्रभावकारी उपाय, जनस्वास्थ्यका मापदण्डहरुको सही पालना, व्यवहार परिवर्तनका लागि युवाहरुको भूमिका, प्रभावकारी सञ्चार लगायतका विभिन्न विषयमा युनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्यले सहजीकरण गरेका थिए ।


अभिमुखीकरण पछि सहभागी युवाहरुले वीरेन्द्रनगर नगरपालिकाभित्र कोभिड १९ विरुद्धका अभियान सञ्चालन गर्ने, व्यवहार परिवर्तनका विषयमा समुदाय स्तरमा अभिमुखीकरणबाट सिकेको कुरालाई व्यवहारिक रुपमा लागु गर्ने, आवश्यकता अनुसार अभियानहरुलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।
बासका सुर्खेत शाखा अध्यक्ष जगत जनाला बिकले सञ्चालन गरेको अभिमुखीकरणमा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश बासका कार्यक्रम संयोजक हेमराज भट्टले गरेका थिए । अभिमुखीकरणमा वीरेन्द्रनगर नगरपालिकाका १५ जना युवाहरुको सहभागिता रहेको थियो ।

 

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech