कोटहीमाइमा सूचनाको हक

असल शासन प्रतिनिधि

रुपन्देही–सूचनाको हक सम्बन्धी अन्तक्र्रिया कार्यक्रम रूपन्देहीको कोटहीमाइ गाउँपालिकामा सम्पन्न भएको छ । कोटहीमाइ गाउँपालिकामा वडा नम्बर ५ को सहयोग तथा बास रूपन्देही शाखाको आयोजनामा बुधबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हक,
सूचनाको हकको कानुनी प्रावधान, सूचनाको हकको प्रवद्र्धन र प्रचलनमा स्थानीय सरकारको भूमिका, जनप्रतिनिधिको भूमिका, सुशासनलगायतको विषयमा
सहजीकरण गरेका थिए । कार्यक्रममा सहजीकरण गर्दै बास्कोटाले जनप्रतिनिधिलाई रोलमोडल भएर काम गर्नु पर्ने सुझाव दिएका थिए ।
बास मर्चवार उपशाखाका अध्यक्ष अनुराग शुक्लाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बास रूपन्देहीका निर्देशक विजया खत्रीले गरेकी थिइन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाका वडा अध्यक्ष, सदस्य तथा कर्मचारी गरी ६५ जनाको सहभागिता रहेको थियो ।

  • १७ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech