बर्दिया– बर्दियामा बाघले मोटरसाइकलमा सवार एक महिलालाई बेपत्ता बनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा सवार कैलालीको लम्किचुहा नगरपालिका–४ कि ५० वर्षीया नन्दकला थापालाई पाटे बाघले झम्टेर जंगलतर्फ लगेको हो ।
शुक्रबार राति करिब साढे ८ बजेतिर बाघले मोटरसाइकल सवार यात्रुमाथि आक्रमण गरेपछि निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना हात्तीसहित खोजीमा निस्किएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।