सरसफाइ अधिकृत केसीको निधन

असल शासन प्रतिनिधि

 

नेपालगन्ज– नेपालगन्ज उपमहानगरपालिकाका सरसफाइ अधिकृत अशोक केसीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा परी उपचार गराइरहेका केसीको उपचारकै क्रममा निधन भएको हो । बाँकेको राझाँ नजिक मोटरसाईकल दुर्घटनामा परी टाउको चोट लागेका उनको मेडिकल कलेजमा शुक्रबार राति निधन भएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले सरसफाइ अधिकृत अशोक केसीको निधनप्रति गहिरो दुःख ब्यक्त गरेकी छन् । मृतक केसीको शनिबार राप्ती नदीको सिधनिया घाटमा दाहसंस्कार गरिने जानकारी पारिवारिक स्रोतले दिएको छ।

यस दुखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त भएको होस् भन्दै असल शासन मिडिया गहिरो शोक प्रकट गर्दछ ।

 

  • १८ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech