गुलरिया नगरपालिकामा हेल्पडेस्क सञ्चालन

असल शासन प्रतिनिधि

गुलरिया, बर्दिया / सेवाग्राहीको सहयोगका लागि बर्दियाको गुलरिया नगरपालिकामा नागरिक सहायता कक्ष (हेल्पडेस्क) सञ्चालन गरिएको छ ।
गुलरिया नगरपालिकाको सहकार्यमा बासले सञ्चालन गर्ने हेल्डेस्कको आज एक कार्यक्रमका बिच रिबन काटेर गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादबले उद्घाटन गरेका छन् । हेल्पडेस्कको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख यादबले नगरपालिकामा आउने सेवाग्राहीहरुलाई हेल्पडेस्क मार्फत आवश्यक सहयोग पुगोस भन्ने उद्धेश्यले सञ्चालनमा ल्याएको बताए । उनले सेवाग्राहीलाई सहायता कक्षको अभावमा पैसा तिरेर निवेदन लेख्नुपर्ने बाध्यता रहेको तथा आवश्यक जानकारी समेत सहजै प्रात्त गर्न असहज भईरहेको अवस्थामा स्थापना गरिएको नागरिक सहायता कक्ष मार्फत सेवाग्राहीलाई सहयोगसँगै नगरपालिकाको काममा समेत सहजता आउने विश्वास ब्यक्त गरे ।


बासका निर्वतमान अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकास बासका महासचिब शिव कुमार बर्माले गरेका थिए । हेल्पडेस्क उद्घाटन कार्यक्रममा नगर प्रमुख मुक्तिनाथ यादब, उप प्रमुख सुशिला गिरि, प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने, बासका केन्द्रीय सचिब खुमेस सुबेदी लगायतको उपस्थिती रहेको थियो ।

  • १९ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech