नवलपरासीको परासीमा भ्रष्टाचार बिरुद्ध अन्तरक्रिया

असल शासन प्रतिनिधि

नवलपरासी / नवलपरासीको परासीमा भ्रष्टाचार बिरुद्ध अन्तरक्रिया भएको छ ।
बास बर्दघाट सुस्ता पश्चिम नवलपरासी शाखाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रम रेयुकाई नेपालका पूर्ब राष्ट्रिय अध्यक्ष श्याम बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले भ्रष्टाचार बिरुद्धको अभियानमा युवा सक्रियता आवश्यक रहेको बताएका थिए । उनले सुशासनको अभियानमा क्रियाशिल युवालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । भ्रष्टाचार बिरुद्धको अभियानमा सक्रियताका साथ अभियान सञ्चालन गर्न युवाहरुलाई उनको अपिल थियो ।
बास नवलपरासी शाखाका अध्यक्ष उषा केसीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बासका केन्द्रीय अध्यक्ष रमेस सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, उपाध्यक्ष लुना बुढाथोकी, ब्यवसायि किरण कार्की, बास रुपन्देही शाखाका निर्देशक बिजया खत्री लगायतले बोलेका थिए । अन्तरक्रियामा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

  • १९ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech