सरसफाई अधिकृत केसी प्रति श्रद्धासुमन

असल शासन प्रतिनिधि

नेपालगन्ज / आईतबार नेपालगन्ज उपमहानगरपालिका परिसरमा उपस्थिती जनप्रतिनिधि तथा कर्मचारीहरुका आखाँ रसाएका थिए, सबै निकै भावुक देखिन्थे ।
मोटरसाईकल दुर्घटनामा परि उपचाररथ नेपालगन्ज उपमहानगरपालिका सरसफाई शाखा प्रमुख सरसफाई अधिकृत अशोक केसीको निधन पछि आयोजित शोक सभामा सहभागि नगर प्रमुख डा. धवल शम्सेर राणा लगायत उपस्थित सबैका आखामा आसु थिए ।
केसीको शुक्रबार राति निधन भएपनि नेपालगन्ज उपमहानगरपालिकाले भोलिपल्ट शनिवार परेका कारण आज श्रद्धान्जलीसभा गरेको थियो । श्रद्धान्जली सभामा श्रद्धान्जली अर्पर्ण गर्दै नेपालगन्ज उमपहानगरपालिकाका प्रमुख डा धवल शम्सेर राणाले नगरको सरसफाई शाखाको जिम्मेवारी रातदिन खटिएर सम्हाल्दै आएका केसीको निधनले सिंगो नगरपालिका परिवारलाई शोकमा पारेको बताएका थिए । उनले उपमहानगरपालिकाले एक जना ईमान्दार राष्टसेवक गुमाएको बताएका थिए । सो क्रममा उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का लगायत जनप्रतिनिधी र कर्मचारीहरुको उपस्थिती रहेको थियो । उपमहानगरपालिकाका अधिकृत केसीको निधनमा शोक मनाउदै आईतबार नगरपालिका र २३ वटै वडामा विदा दिएको छ । जो कोहीसँग पनि हासिहासि बोल्ने मिलनसार ब्यक्तित्व केसी सबैको सम्झनामा रहीनै रहनेछन् ।

 

  • १९ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech