बैतडीमा ट्याक्टर दूर्घटना एकको मृत्यु दुई घाईते

भुबी बिष्ट

बैतडी / बैतडीमा अनटेस्ट ट्याक्टर दुर्घटना हुदा एक जनाको घट्नास्थल मै मृत्यु भएको छ। डडेल्धुराबाट बझाङ तर्फ गइरहेको बिना नम्बरको अनटेस्ट ट्याक्टर पौष १९ गते अवेर राति २ बजे खोडपे बझाङ सडकखण्डको सिगास गाउपलिका ९ बाजपानीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि थप दुई जना घाइते भएका छन । घाईते हुनेमा बझाङको बित्थडचिर गाउपालिका वडा नं ४ का ४० वर्षीय जित बहादुर बोहराको मृत्यु भएको छ भने सोही गाउपालिकाका वडा नं ५ का ३२ वर्षीय ट्याक्टर चाकल नरेन्द्र महरा, ट्याक्टरमा सवार बित्थडचिर वडा नं ४ कै २० वर्षीय कृष्ण बोहरा घाइते खोडपे प्रहरी चौकीले जनाएको छ ।
चालक नरेन्द्र महराको दुबै खुट्टा भाचिएका छन् भने कृष्ण बोहराको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
ट्याक्टर सडकबाट १ सय ७८ मिटर तल खसेको खोडपे प्रहरी चौकीका ट्राफीक चन्द्रदेव भट्टले जानकारी दिए। दुर्घटनाको यकिन कारण भने खुल्न सकेको छैन ।

  • २० पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech