हुम्लामा हिमपात सिमकोट विमान स्थल अवरुद्ध

असल शासन प्रतिनिधि

हुम्ला / कर्णालीको हुम्लामा बाक्लो हिमपात भएको छ । पौष १९ गते आईतबार देखि हिमपात भएपछि हुम्लाको सदरमुकाम सिमिकोट उड्ने विमान सेवा अवरुद्ध भएको छ । सिमकोट उडान भरेको जहाज उड्न पाउदै हिउ परेपछि केही बिमान सिमकोट विमान स्थलमै रकिएका
छन् । हुम्ला जाने हवाई मार्ग सिमकोट बन्द भएसँगै सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायत स्थानमा जाने यात्रुहरु सिमकोमै बस्न बाध्य भएका छन् ।
हुम्ला सदरमुकाम सिमकोट सहित जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, न्यालु लेख लगायतका स्थानमा हिमपात भएको छ । जल तथा पूर्वानुमान महाशाखाले सोमबार बिहानदेखि काठमाडौं उपत्यकासहित देशभरका अधिकांश क्षेत्रमा केही दिन वर्षा हुने जनाएको छ ।
पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिउ परेसँगै त्यसको प्रभाव तराईमा समेत परेको छ । सोमबार बिहानै देखि तराई क्षेत्रमा छिटफुट पानी पर्नुका साथै दिनभरी नै आकासमा बादलले ढाकेको छ । पहाडी भेगमा हिउ परेसँगै चिसो बढेको छ।

  • २० पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech