त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट ५० थान गोली सहित आमा छोरा पक्राउ

असल शासन प्रतिनिधि

काठमाण्डौं / सुरक्षाको चौबिसै घण्टा निगरानीमा रहने नेपालको एकमात्र अन्तरािष्ट्रय विमान स्थलबाट प्रहरीले ५० राउन्ड गोली सहित दुई जनालाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीका अनुसार त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको जहाजबाट झापा भद्रपुर जान लागेका बद्रीहाङ राई र मुनादेवी राईको झोलामा लुकाईराखेको अवस्थामा गोली भेटिएको हो । विमान स्थलमा सुरक्षार्थ प्रहरीले चेकजाँचको क्रममा उनीहरुको साथबाट गोली फेला पारेपछि उनीहरुलाई तत्काल पक्राउ गरि थप अनुसन्धान गरिरहेको बुझिएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने बद्रीहाङ र मुनादेवी नाताले आमाछोरा पर्ने र बद्रीहाङका बुवा अवकास सई रहेको बुझिएको छ ।

  • २० पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech