पूर्व मन्त्री सवार जिप दूर्घटना

असल शासन प्रतिनिधि

फोटो ः दिपा शर्माको फेसबुकबाट

बर्दिया / नेपालगन्जबाट सुर्खेत जादै गरेको बा २१ च २७४६ नम्बरको पूर्व मन्त्री सवार गाडी बर्दियाको मौरे खोलामा दुर्घटना भएको छ । रत्न राजमार्गको चिसापानी बबई सडक खण्ड अन्तरगत बाँसगढी नगरपालिका वडा नम्बर १ मौरे खोलामा जीप दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
दुर्घटनामा परि पूर्व जलस्रोत सहायक मन्त्री विनोद शाहसहित पाँच जना घाइते भएका छन् । जिप दूर्घटनामा परि घाइते हुनेमा मन्त्री शाहका श्रीमती जिल्ला समन्वय समित दैलेखका उपाध्यक्ष लक्ष्मीदेवि शाह, चामुण्डाबिन्द्रसैनी नगरपालिका वडा नम्बर ६ का सूर्यबहादुर शाही, आठविस नगरपालिका वडा नम्बर ४ का पदम माँझी र चालक रहेको प्रहरीले जनाएको छ ।
जिप अनियन्त्रित भई एकसय मिटर तल खोलामा खसेको र घाइतेको उद्धार गरि नेपालगन्ज पठाईएके बुझिएको छ ।

  • २० पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech