लेखनवृत्तिको नतिजा सार्वजनिक ४६ आवेदनमा २१ लाई छनौट

असल शासन प्रतिनिधि

काठमाण्डौं । प्रेस काउन्सिल नेपालले लेखनवृतिको नतिजा आज सार्वजनिक गरेको छ ।
काउन्सिलले मंसिर २८ गते माग गरेको आवेदनको आधारमा निर्धारित समयमा परेका ४६ आवेदन मध्येबाट २१ जना आवेदकको छनौट गरेको प्रेस काउन्सिलले जनाएको छ । काउन्सिल अन्तरगत मिडिया विकास कोषको २०७७ पुष २० गते बसेको बैठकले अन्तिम नतिजा सार्वजनिक गरेको जनाएको छ । प्रेस काउन्सिलका अनुसार छनौटमा परेका पत्रकारले लेखनवृति वापत प्रति ब्यक्ति १५ हजार प्राप्त गर्ने छन् । काउन्सिलले २०७६ चैत्र देखी २०७७ मङ्सिरसम्म प्रकाशित र प्रसारित कोभिड–१९ सम्बन्धी ५ वटा चेतना र शिक्षामुलक लेख तथा समाचार सामाग्री माग गरेको थियो । तोकिएको मापदण्डमा रहेर आवेदन दिएकाहरूलाई उनीहरूका सामग्रीको मुल्याङ्कन गरी नाम छनोट गरिएको प्रेस काउन्सिलले जनाएको छ ।
यसरी छनौटमा पर्नेहरुमा प्रदेश एकबाट भागिरथ भण्डारी, इलाम, मिकाइल आलम, सुनसरी र शिवप्रसाद ढुङ्गाना, ओखलढुङ्गा रहेका छन् । यसैगरी प्रदेश नम्बर २ बाट सुनिता बराल (हेमकुमारी), राकेश चौधरी, महोत्तरी र मनिका झा, धनुषा, बाग्मती प्रदेशबाट उषा तामाङ, दोलखा, अनु आचार्य, रसुवा र निरमाया गुरुङ, धादिङ रहेका छन् । गण्डकी प्रदेशबाट दीपक परियार, कास्की, रोसन तिवारी, पर्वत र पिताम्बरी पराजुली (पवित्रा) नवलपरासी छनौटमा परेका छन् । लुम्बिनी प्रदेशबाट भने कल्पना भट्टराई, नवलपरासी, रेनुका गिरी, रुपन्देही र सपना बोहरा, दाङ, कर्णाली प्रदेशबाट मेघराज खड्का, रुकुम, नरजङग तामाङ, हुम्ला र हिक्मत बहादुर नेपाली, दैलेख रहेका छन् भने सुदुरपश्चिम प्रदेशबाट सत्यराज बहादुर सिंह, बझाङ, मोहन विष्ट, कन्चनपुर र दुर्गा देवकोटा, कैलाली छनौटमा परेको प्रेस काउन्सिलले जनाएको छ ।

  • २० पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech