टीआई नेपालको अध्यक्षमा प्रधानाङ्ग निर्वाचित

असल शासन प्रतिनिधि

काठमाण्डौं / ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा पूर्व महासचिव पद्मिनी प्रधानाङ्ग निर्वाचित भएका छन् । टीआई नेपालको पौष २० गते सम्पन्न २५ औँ वार्षिक साधारणसभाले प्रधानाङ्गलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । यसैगरी कार्यसमिति सदस्यमा मुकुन्द बहादुर प्रधान, किरण थापा, बुद्धिनारायण श्रेष्ठ, कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ, डा. सागरराज शर्मा, मदनकृष्ण शर्मा र राष्ट्रिय व्यावसायिक पहल निर्वाचित भएका छन् । साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षक प्रतिवेदन पारित गरेको टीआई नेपालका कार्यकारी निर्देशक आशिष थापाले बताए ।
सभाद्वारा पारित संस्थाको वार्षिक प्रतिवेदनमा नागरिकले भ्रष्टाचार बढ्दो रहेको अनुभव गरेकाले सरकारको भ्रष्टाचार विरुद्धको सून्य संवेदनशिलता नारामा मात्र सीमित रहेको उल्लेख गरेको छ । संघीय संरचनामा लोकतान्त्रिक व्यवस्था सुदृढ हुने र आम नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा व्यवहारमा कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको छ । साधारणसभाले संस्थाको सक्रियता र प्रभावकारिता थप सशक्त रुपमा बढाउनुपर्नेमा जोड दिएको कार्यकारी निर्देशक थापाले बताए ।

 

  • २१ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech