घाइते गिद्धको उद्धार

असल शासन प्रतिनिधि

नेपालगन्ज– घाइते भएर खस्न पुगेको गिद्धको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको पोखरी नजिकै घाइते अवस्थामा गिद्द मंगलबार दिउँसो १६ः४० बजे खसेको थियो ।  उड्न नसक्ने अवस्थामा रहेको गिद्धलाई डिभिजन वन कार्यालय नेपालगन्ज बाँकेलाई हस्तान्तरण गरिएको हो ।

धार्मिक र सांस्कृतिक आस्थासँग जोडिने गिद्धलाई शनि देवताको वाहनको रुपमा पूजा गरिँदै आइएको छ । विश्वमा २३ प्रजाति रहेको गिद्ध नेपाललगायत दक्षिण एसियामा ९ प्रजातिका रहेका छन् ।

  • २१ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech