इन्स्पाइरिङको २००औं श्रृङ्खलामा केकी अधिकारी

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासले सञ्चालन गरेको युवा लक्षित कार्यक्रम इन्स्पाइरिङ युथको २००औं बिशेष श्रृखला नेपाली चलचित्र जगतकी चर्चीत अभिनेत्री केकी अधिकारीको उपस्थितीमा नेपालगन्जमा आज सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका पमुख डा. धवल शमशेर राणाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथि बक्त्ता केकी अधिकारीले जिवनको संघर्ष, चलचित्र यात्रा र युवा उत्प्रेरणाका बिषयमा बोलेकी थिईन् । आफ्नो उत्प्रेरणात्मक मन्तब्यका क्रममा अधिकारीले जिवनमा गरेको संघर्ष सुनाउदै संघर्ष विनाको जिवन सफल नहुने बताईन् । उनले भनिन् जिवनबाट संघर्ष निकाल्ने हो भने जिवन नै खल्लो हुन्छ । हरेक ब्यक्तिले सफल हुन र आफुलाई जित्न ईच्छा शक्ति आवश्यक पर्ने भन्दै युवाहरुलाई धैर्यताका साथ निरन्तर काम गर्न अपिल गरिन् । २०१० मा चलचित्र क्षेत्रमा पदापर्ण गरेकी केकीले हाल सम्म दुई दर्जन चलचित्रमा अभिनय गरिसकेको बताईन् । ईन्स्पाइरिङ्ग युथ कार्यक्रम आफैमा महत्वपूर्ण कार्यक्रम भएकाले कार्यक्रमको २००औं श्रृखलामा आउन पाउदा खुसी लागेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले इन्स्पाइरिङ्ग युथ कार्यक्रमले युवाहरुलाई बाटो देखाउने काम गरेको बताए । उनले युवालाई उत्प्रेरणा प्रदान गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाले बोलेका थिए ।
यसैगरी कार्यक्रमका बिच पूर्व लागु औषध प्रयोगकर्ता तथा हाल लागु औषध प्रयोग गरिरहेका युवाहरुको सुधारको लागि लागु औषध पूर्नस्थापना केन्द्र सञ्चालन गर्दै आएका साहारा हाउसका प्रमुख अभिराज क्षेत्रीले छोटो अनुभव सुनाएका थिए ।
बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा स्वागत बासका केन्द्रीय महासचिब शिव कुमार बर्माले गरेका थिए भने कार्यक्रमको उद्धेश्य माथि प्रकाश बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।
कार्यक्रमको शुरुवातमा इन्स्पाइरिङ्ग युथ कार्यक्रममा यस अघिका श्रृखलाहरुको फोटो स्लाईड प्रर्दशन गरिएको थियो भने इन्स्पाइरिङ्ग युथ कार्यक्रमका पूर्ब संयोजक रबिन्द्र बोहराले ईन्स्पाइरिङ युथको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
बासको आयोजना, आर्शिबाद पेन्टस् नेपालगन्जको मुख्य प्रायोजन तथा सफल मोटर पार्टस, ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र, स्वस्तिक कटेज गार्डेन एण्ड रेष्टुरेन्ट, दैनिक नेपालगन्ज, एचसिआरसी अस्पताल, शिफा स–मिल, मेलाज मल्टी ब्रान्ड शो रुम नेपालगन्ज र रक्षक सेक्युरिटीेले कार्यक्रममा सहकार्य गरेका थिए । कार्यक्रममा अतिथि बक्त्ताको रुपमा उपस्थिती अभिनेत्री केकी अधिकारीलाई बासको तर्फबाट मायाको चिनो र आर्शिवाद पेन्टस्को तर्फबाट गिफ्ट ह्याम्पर कार्यक्रमका पमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा धवल शमशेर राणाले प्रदान गरेका थिए भने कार्यक्रममा सहकार्य गर्ने संस्थालाई अतिथि बक्त्ता केकी अधिकारीले सम्मान पत्र प्रदान गरेकी थिईन् । कार्यक्रममा २०० बढीको सहभागिता रहेको थियो । कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।

 

  • २४ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech