नेपालगञ्जका युवाहरु माझ नायिका अधिकारी

असल शासन प्रतिनिधि

नेपालगन्ज–हरेक व्यक्तिलाई उत्प्रेरणाको खाँचो छ, अझ भनौं परिवर्तनका सम्वाहक युवाहरुलाई अझ उत्प्रेरणाको खाँचो छ । यही महसुसीकरणले होला पछिल्लो समय उत्प्रेरणात्मक कार्यक्रममा युवाहरुको सहभागिता उत्साहजनक तवरले बढिरहेको छ ।
साढे ३ वर्षदेखि निरन्तर साप्ताहिक रुपमा बासद्वारा सञ्चालित ईन्सपाइरिङ युथको २०० औं श्रृङ्खलाको अवसरमा शुक्रबार आयोजित विशेष कार्यक्रममा २०० बढि युवाहरु स्थानीय स्नेह होटलमा सशुल्क सहभागी भए ।
युवाहरुको आकर्षणको केन्द्र थिइन्, नेपाली चलचित्र जगतकी चर्चित नायिका केकी अधिकारी । प्रायः जसो सांस्कृतिक कार्यक्रममा मात्र सहभागी हुने कलाकार बौद्धिक कार्यक्रममा अतिथिवक्ता हुँदाको वक्तव्यको अपेक्षा पनि सहभागीहरुको फरक हुन्छ । सहभागीहरुको अपेक्षा बमोजिमनैं नायिका अधिकारी प्रस्तुत भइन् । उनले जीवनको संघर्ष, चलचित्र यात्रा र युवा उत्प्रेरणाका विषयमा खुलेर बोलिन् ।
उनले भनिन्– संघर्षबिनाको जीवन सफल हुँदैन, शक्ति र ईच्छा शक्ति फरक कुरा हो, जोड्दा ईच्छा शक्ति हुन्छ, ईच्छा शक्तिले जीवन सफल हुन्छ । उनले थपिन्– संघर्षको जीवन अपुरो हुन्छ ।
२०१० मा चलचित्र क्षेत्रमा पदापर्ण गरेकी केकीले हालसम्म दुई दर्जन चलचित्रमा अभिनय गरिसकेको बताइन् । इन्स्पाइरिङ्ग युथ कार्यक्रम आफैमा महत्वपूर्ण कार्यक्रम भएकाले कार्यक्रमको २००औं श्रृङ्खलामा आउन पाउँदा खुसी लागेको उनको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रममा बोल्दै प्रमुख अतिथि राणाले इन्स्पाइरिङ्ग युथ कार्यक्रमले युवाहरुलाई बाटो देखाउने काम गरेको बताए ।
उनले युवालाई उत्प्रेरणा प्रदान गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाले युवाहरुको सकारात्मक सोच बिना समाजको समृद्धि नहुने बताए ।
कार्यक्रमबीच पूर्व लागु औषध प्रयोगकर्ता तथा हाल लागु औषध प्रयोग गरिरहेका युवाहरुको सुधारको लागि लागु औषध पूर्नस्थापना केन्द्र सञ्चालन गर्दै आएका साहारा हाउसका प्रमुख अभिराज क्षेत्रीले अनुभव सुनाएका थिए । बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा स्वागत बासका केन्द्रीय महासचिव शिव कुमार बर्माले गरेका थिए भने कार्यक्रमको उद्देश्य माथि प्रकाश बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।
कार्यक्रमको सुरुवातमा इन्स्पाइरिङ्ग युथ कार्यक्रममा यस अघिका श्रृङ्खलाहरुको फोटो स्लाइड प्रदर्शन गरिएको थियो भने इन्स्पाइरिङ्ग युथ कार्यक्रमका पूर्व संयोजक रविन्द्र बोहराले इन्स्पाइरिङ युथको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
बासको आयोजना तथा आशीर्वाद पेन्टस् नेपालगन्जको मुख्य प्रायोजन तथा सफल मोटर पार्टस, ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र, स्वस्तिक कटेज गार्डेन एण्ड रेष्टुरेन्ट, दैनिक नेपालगन्ज, एचसिआरसी अस्पताल, शिफा स–मिल, मेलाज मल्टी ब्रान्ड शो रुम नेपालगन्ज र रक्षक सेक्युरिटिजको सहकार्यमा कार्यक्रममा सम्पन्न भएको थियो ।
कार्यक्रममा अतिथि बक्त्ताको रुपमा उपस्थित अभिनेत्री केकी अधिकारीलाई बास र आशीर्वाद पेन्टस्को तर्फबाट मायाको चिनो कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शमशेर राणाले प्रदान गरेका थिए भने कार्यक्रममा सहकार्य गर्ने संस्थालाई अतिथि वक्त्ता केकी अधिकारीले सम्मान पत्र प्रदान गरेकी थिइन् ।
कार्यक्रममा २०० बढीको सहभागिता रहेको थियो । कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।

  • २५ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech