वातावरणमैत्री सहर सम्भव छ ?

असल शासन प्रतिनिधि

नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई वातावरणमैत्री बनाउनका स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ । नेपालको संविधानको धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ भई बाँच्न पाउने हक अन्तर्गत नगर क्षेत्रको वातावरण प्रदूषणमुक्त बनाउन बाँकेका नागरिक समाजका अगुवाहरुले ध्यानाकषर्ण गराएका हुन् ।
सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समूहले शुक्रबार नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वातावरण विभागको मिति २०७७ पुस २१ गते प्रेस विज्ञप्तिमार्फत् नेपालगन्ज वायु प्रदूषणको मात्रा उच्च रहेको देखाएको छ ।
नेपालगन्ज शहरमा वायु प्रदूषणको मात्रा बढेपछि वायु प्रदूषण न्युनीकरणका लागि नगरपालिकाबाट फोहरमैला व्यवस्थापन, कम्तिमा हप्ताको एक दिन शनिबार पेट्रोल डिजल तेलबाट चल्ने सावारी साधन (अत्यावश्यक बाहेक) बन्द गर्ने, रुख बिरुवाहरु रोप्न प्रोत्साहन गर्ने, विकास निर्माण बाटो बनाउदा धुलो नउड्ने पानी हाल्ने व्यवस्था गर्नु पर्ने, वातावरण सरंक्षण संवद्र्धनका बारेमा सचेतना अभिवृद्धि गर्नु पर्ने, कलकारखानाबाट निस्कने धुवा धुलो मापदण्ड अनुसारको उचित व्यवस्थापन गर्नु पर्ने र पशु चौपायाको मलहरु तत्कालै व्यवस्थापन गर्नुपर्ने लगायत माग रहेको छ ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा ग्रिन नेपालगन्ज क्लिन नेपालगन्जका डा विनोद कर्ण, हेमन्तराज काफ्ले, नागरिक अभियन्ता बलबहादुर चन्द, पूर्ण बहादुर खडकालगायतको सहभागिता रहेको थियो ।

  • २५ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech