बयलगाडा सहित बिरोध प्रदर्शन

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेकपाको प्रचण्ड–नेपाल पक्षले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमको विरोधमा देशैभरका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत बाँकेमा पनि सो ज्ञापन पत्र बुझाईएको हो ।

लुम्बिनी प्रदेश सांसद तथा नेकपा बाँकेका अध्यक्ष आइपी खरेलको नेतृत्वमा बयलगाडा सहित नेपालगञ्जको बिपी चौकबाट र्याली सहित नेता, कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका थिए ।

म केपि ओली, मेरो बयलगाडा लेखिएको बयलगाडा सहित पुगेको टोलीले गत पुस ५ गते संसद विघटनको घोषणा गरेर प्रतिगमन लाद्न खोजेको भन्दै बुझाईएको ज्ञापन पत्रमा उक्त कदम सच्याएर संसद पुर्नस्थापित गर्न प्रधानमन्त्री ओलीसँग माग गरिएको छ ।
ज्ञापन पत्रमा प्रधानमन्त्री ओलीले संविधानको ठाडो उल्लघंन गरी असंबैधानीक, अलोकतान्त्रीक एवं स्वेच्छाचारी ढंगवाट प्रतिनीधिसभाको विघटन गरी चलिएको कदम प्रतिगामी रहेको उल्लेख छ ।

ज्ञापन पत्र बुझाउन लुम्बिनी प्रदेश सांसद तथा नेकपा बाँकेका अध्यक्ष आइपी खरेल, नेकपाका केन्द्रीय सदस्य तथा संघीय सांसद महेश्वर गहतराज अथक, नेकपा लुम्बिनी प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपाने, सचिव अशोक कोईराला लगाएतका नेता तथा कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

  • २५ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech