बाँकेको जानकीमा निशुल्क स्वास्थ्य सिविर

१२९८ जनाले लिए सेवा

असल शासन प्रतिनिधि

नेपालगन्ज / जानकी गाऊपालिकाको मुख्य आयोजना, HCRC अस्पताल र भिजन आँखा अस्पतालको सह आयोजना तथा प्राबिधिक सहयोगमा पौष २४ र २५ गते निशुल्क स्वास्थ्य शिविर भएको छ ।
जानकी गाऊपालिकाका ६ वटै वडामा रहेका स्वास्थ्य सस्थाहरुमा सञ्चालन गरिएको निशुल्क शिविरमा गाऊपालिकामा बसोबास गर्ने १२९८ जना बिरामीहरुले सेवा लिएका छन् । शिविरमा भिजन आँखा अस्पतालबाट मोतिबिन्दुको निशुल्क शल्यक्रियाको लागि पहिचान तथा आँखा सम्बन्धि थप चेकजाँच सहित औषधी बितरण गरिएकोछ । शिबिरमा समस्या देखिएको बिरामीहरुको थप शल्यक्रिया गर्नु पर्ने भएको अवस्थामा भिजन आँखा अस्पतालमा ५० वर्ष माथिका ६० जना महिलाहरुको शल्यक्रिया निशुल्क गरिने र अन्यको हकमा वडा तथा गाऊपालिकाको सिफारिस सहित शिविरको पर्चा लिएर आएमा पचास प्रतिशत छुटको ब्याबस्था गर्ने अस्पतालका प्रमुख नेत्ररोग बिशेषज्ञ डा. प्रचण्ड गौतमले बताए ।
उक्त शिविरमा भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ तथा HCRC अस्पतालका सस्थापक डा. कुमार शान शाह र शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा कार्यरत स्त्रीरोग विषेशज्ञ डा. मञ्जु बि.सी शाह सहितको स्वास्थ्यकर्मीको समुहले महिलाको पाठेघरको मुखको क्यान्सर तथा पाठेघर सम्बन्धि रोगको चेकजाँच गरि निशुल्क औषधी बितरण गरेको थियो। शुक्रबार र शनिबार दुईदिन सम्म सञ्चालन गरिएको शिविरमा गाऊपालिकाका ३ जना महिलामा पाठेघरको मुखमा क्यान्सर हुन पुर्वको चेकजाँच VIA परिक्षणमा पोजेटिभ भेटिएको छ भने ११ जना महिलाहरुको पाठेघर खसेको समस्या पहिचान भएकोछ ।
शिविरमा पोजेटिभ देखिएका बिरामीहरु लाई पुर्न जाँचको लागि ज्ऋच्ऋ अस्पतालमा निशुल्क जाँचको ब्यबस्था गरेकोछ । पाठेघर खसेका आङ खसेका  बिरामीहरुको अप्रेशनको लागि सरकारबाट निशुल्क शिबिर हुने अवस्थामा अस्पतालले समन्वयन गरि अप्रेशन गरिने कुरा अस्पतालका संस्थापक डा. कुमार शान शाहले बताए ।
शिबिरमा स्वास्थ्य परिक्षणको लागि आएको सम्पूर्ण बिरामीलाई रोटरी क्लब अफ सेन्ट्रल बाँकेको तर्फबाट रोटरीको लोगो अँकित एन–९५, माक्स बितरण गरिएको ज्ऋच्ऋ अस्पतालका ब्यबस्थापक रमेश सिटौलाले बताए । लुम्बिनी प्रदेश सरकारको शसर्त अनुदानमा संचालित ५० वर्ष उमेर माथिका महिलाको पाठेघर रोग तथा मोती बिन्दुको निःशुल्क शल्यक्रिया शिविरको संयोजन डा. तरुण गौतमले गरेका थिए । शिविरको उद्घाटनमा गाऊपालिका प्रमुख रामनिवास यादब, उपप्रमुख भुमिसरा धिताल प्रमुख प्रशासकिय अधिकृत बस बहादुर राना, डा कुमार शान शाह लगाएतको उपस्थिति रहेको थियो । शिविर सञ्चालनको क्रममा रोटरी क्लब अफ सेन्ट्रल बाँकेको सहकार्य रहेको थियो ।

  • २६ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech