इन्टेग्रीटी आईकन २०२० सार्वजनिक

को हुन इन्टेग्रीटी आईकन २०२० का उत्कृष्ट पाँच प्रतिष्पर्धी 

असल शासन प्रतिनिधि

काठमाण्डौं / कोभिड – १९ को महामारीका बिच यस वर्ष अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रीटी आईकन २०२० को सार्वजनिक गरेको छ ।
इन्टेग्रीटी आईकन सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुतगर्ने कर्मचारीलाई प्रोत्साहनगर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न थालिएको खुला अभियानको रुपमा रहेको आईकनलाई सामाजिक संजाल मार्फत सार्वजनिक गरेको हो ।
यस वर्ष देशभरीबाट इन्टेग्रीटी आईकनका लागि १५०२ मनोनयन मध्येबाट टप पाँचको नाम सार्वजनिक गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना सहजिकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशि राज दाहाल, पूर्र्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक सुचिता प्याकुरेल सहितको छनौट समितिले उत्कृष्ट पाचको छनौट गरेको हो । ७ वर्ष अगाडी नेपालबाट सुरु भएको अभियान हाल विश्वका १२ मुलुकमा पुगिसकेको छ । यसरी छनौटमा परेमा आईकनकालागि माघ ९ गते भर्चुअल माध्यमबाट सम्मान समारोह आयोजना गरिने एकाउन्टविलिटी ल्याबले जनाएको छ ।

को हुन इन्टेग्रीटी आईकन २०२० का उत्कृष्ट पाँच प्रतिष्पर्धी 
१. आरती थारु, जनस्वास्थ्य निरीक्षक, नेपालगञ्ज स्वास्थ्य चौकी ः प्युठान जस्तो विकट ठाउँमा कार्यरत हुँदा उनले सुत्केरी महिलाकालागि गरेको काम उल्लेखनिय छ । उनले त्यहाँ रहँदा, सुत्केरी सेवा सबैको पहुँचमा पु¥याउन बर्थिङ सेन्टर सबैको पायक पर्ने ठाउँमा राख्न अग्रणी भुमिका निर्वाह गरिन् । हाल नेपालगञ्जमा रहँदा कोभिड–१९ महामारीको समयमा उनले क्वारेन्टाईनमा काम गर्दा देखाएको सहास, आईसोलेशन र होम आईसोलेशनमा बस्ने संक्रमितलाई गरेको सेवाको आधारमा उनलाई छनौट गरिएको छ ।
२. दिपक ज्ञवाली, महाशाखा प्रमुख, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, लुम्विनी प्रदेश, बुटवल ः दिपक ज्ञवालीले बनलाई आयस्रोतको माध्यम बनाउन सकिन्छ, अतिक्रमित बन राज्यको नाममा फिर्ता गर्न जोखिमको सामना गर्न सक्नु पर्दछ र समुदाय र विशेष गरेर महिला समुह परिचालन गरेर तस्करीलाई निरुत्साहन गर्न सकिन्छ भनेर उदाहरण उनले प्रस्तुत गरेको छ । समुहमा विश्वास गर्ने र जिम्मेवारी बाडफाड गरेर कामगर्ने भएकोले उनी कार्यरत कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्दै आईरहेका छन् ।
३. हेम बहादुर आले मगर, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, ओखलढुंगा ः हेम बहादुर आले मगरले कृषकलाई दिगो व्यवसायिक खेती गर्ने तालिम दिन फार्म स्कुल सञ्चालनमाल्याए । त्यसबाट कृषकले खेती गर्ने तरिका र प्रविधिको उचित प्रयोग गरेर आयआर्जन गर्नसके । त्यसै गरेर, कृषकको समस्या बुझेर समाधान गर्न निमित अगुवा कृषक गोष्ठिको आयोजना उनले गर्दै आएका थिए । वास्तविक कृषकको पहिचान गरेर प्रभावकारी स्रोत परिचालन गर्नमा उनको उल्लेख्य भूमिका देखिन्छ ।
४. मञ्जु महत, अधिकृत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, मंगलसेन नगरपालिका, अछाम ः मञ्जु महतले अछाममा घरेलु हिँसा र छाउपडी प्रथा कमगर्न र बालबालिकाको नेतृत्व विकास गर्नमा ठुलो योगदान गरेकि छिन् । यदि कुनै महिलाले घरेलु हिँसाको सामना गरिन भने सबैले पहिलो पटक सम्झिने नाम हो मञ्जु महत । पहिला वस्तु स्थीती बुझ्ने, व्यवहारिक कार्य योजना बनाउने र त्यसको प्रभावकारी कार्यान्वयन गर्नु उनको कार्यशैली हो ।
५. डा. नविन बन्धु पहाडी, शिक्षक, नीलकण्ठ उच्च माध्यामीक विद्यालय, धादिङ ः पहाडीले धादिङमा दलित र सिमान्तकृत समुदायका बालबालिकाको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रि व्यक्ति तथा संस्था सँगको सहकार्यमा विद्यालय स्थापना गर्न नेतृत्वदायी भुमिका उनले निर्वाह गरेका छन् । त्यसै गरेर आमाबुवा गुमाएका बालबालिकाको अभावका कारण पढाईबाट बञ्चित नहोउन भन्नकालागि बाल अनाथाश्रम पनि सञ्चालन गरेका छन् ।

 

  • २७ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech