स्वास्थ्य चौकीलाई कम्बल र पिपिइ हस्तान्तरण

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उप–महानगरपालिका वडा न.१४ मा रहेको उपस्वास्थ्य चौकी भवानियापुरलाई स्वास्थ्य सामाग्री सहयोग
गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँके, बास नेपालगन्जको अगुवाई र रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जका उपाध्यक्ष माधवी शाहको विशेष पहलमा ५ थान न्यानो कम्बल र ५ थान पिपिइ स्वास्थ्य चौकी इन्चार्ज मोहन देवकोटा र स्थास्थ्य चौकीका सिनियर अनमी चन्द्रा सिंहलाई हस्तान्तरण गरिएको छ । भवनियापुर स्वास्थ्य चौकीमा पुगी बासका सहजकर्ता शोभा थापा मगर, श्रुती चौधरी र रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जका उपाध्यक्ष माधवी शाहले स्वास्थ्य प्रमुख देवकोटालाई सामाग्री हस्तान्तरण गरेका थिए । सामाग्री प्राप्त गरे पछि बोल्दै स्वास्थ्य चौकी ईन्चार्ज देवकोटाले स्वास्थ्य चौकीलाई सामाग्री अभाव भएको समयमा भएको सहयोगले स्वास्थ्य चौकीको सेवा प्रवाहमा सहज हुने बताए । उनले सामाग्री उपलब्ध गराउने सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।
यस अघि पुस २ गते नेपालगन्ज उपमहानगरपालिका वडा न २० मनिकापुर स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री हस्तातरण गरिएको थियो ।

  • २७ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech