खजुरामा उद्घोषण तालिम सञ्चालन

असल शासन प्रतिनिधि

नेपालगन्ज / युवाहरुमा बोल्ने कलाको विकास गर्दै तथा कुशल उद्घोषक बन्न अभिप्रेरित गर्ने उद्धेश्यले बाँकेको खजुरामा पाँच दिने उद्घोषण तालिम सञ्चालन भएको छ ।
बास खजुरा उपशाखाको आयोजनामा पौष २६ गते देखि शुरु भएको तालिमको दोश्रो दिन आज बासका निर्देशक हेमराज भट्टले उद्घोषणका प्रकार, उद्घोषण तालिका लगायतका बिषयमा सहजिकरण गरेका छन् । बास खजुरा उपशाखाका पदाधिकारी तथा युवाहरुको सहभागिता रहेको तालिमको पहिलो दिन बासका निर्वतमान अध्यक्ष मन भण्डारी र बास बाँके शाखा अध्यक्ष रबिन्द्र बोहराले उद्घोषणको पृष्ठ भूमिका बारेमा जानकारी गराएका थिए ।

  • २७ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech