कर्मचारी र जनप्रतिनिधि सहकार्यमा जोड

असल शासन प्रतिनिधि

नेपालगन्ज– नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले नगरलाई सबै क्षेत्रमा विकास गर्न कर्मचारी र जनप्रतिनिधिबीच साथ र सहकार्य हुनु पर्नेमा जोड दिएका छन् । जनप्रतिनिधि सीमित अवधिको लागि हुने भन्दै उनले कर्मचारीले स्थायी सरकारको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । कर्मचारीहरुका लागि ३ दिने सकारात्मक सोच तथा व्यवस्थापन सम्बन्धी तालिम समापनका अवसरमा गर्दै नगर प्रमुख राणाले तालिममा सिकेका सीपलाई कार्यक्षेत्रमा कार्यान्वयन गर्न सुझाव दिए ।
उपप्रमुख उमा थापामगरले जनताप्रतिको दायित्व महत्वपूर्ण भएको भन्दै सबैजना सकारात्मक भएमा धेरै काम गर्न सकिने विश्वास व्यक्त गरिन् । उनले सहज सेवा प्रवाहमा यसखालका तालिमले सहयोग पुग्ने बताइन् । तालिमका सहभागी तथ्याङ्क अधिकृत सुरेन्द्र पन्त, वडा सचिव उपमन्यू त्रिपाठी र गौरीकुमारी शाहीले तालिम निकै प्रभावकारी भएको भन्दै सिकेका ज्ञानलाई कार्यान्वयन गर्ने बताए ।
जिआइजेडको सहयोगमा भएको तालिमको समापन कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख राजन केसीले गरेका थिए ।

 

  • २७ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech