बाँकेमा विविध कार्यक्रम गरी मनाइयो पृथ्वी जयन्ती

असल शासन प्रतिनिधि

 

नेपालगन्ज– २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विशेष कार्यक्रम गरेर मनाइरहँदा नेपालगन्जमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका तत्कालीन राजा पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । उनले त्यसबेला बाइसे, चौबीसेलगायतका राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेको सम्झनामा वर्षौदेखि मनाउँदै आइएको पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस सरकारले मनाउन छाडेपछि नागरिकस्तरबाट भने विभिन्न कार्यक्रम गरेर हरेक वर्ष मनाउँदै आएका छन् । २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउँदै आएको भए पनि २०६२/०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो ।

यसैबीच उक्त अवसरमा नेपालगन्जका धार्मिक तथा सामाजिक अगुवाहरुले विशेष कार्यक्रमका रुपमा दीप प्रज्ज्वलन तथा भण्डारा कार्यक्रमको आयोजना गरेर पृथ्वी जयन्ती मनाएका छन् । त्रिभुवन चोकमा पृथ्वी नारायण शाहको फोटोमा माल्यापर्ण एवम् दीप प्रज्ज्वलन गरी भण्डारा लगाइएको हो । भण्डारामा सहभागीले देश निर्माता पृथ्वी नारायण शाहको बलिदानीले आज नेपालको छुट्टै पहिचान कायम भएको भन्दै उनलाई आउने पुस्ताले बिर्सन नहुने बताएका थिए । ओमका परिवारको सहभागिता तथा सामाजसेवी दीपक लोधको नेतृत्वमा दीप प्रज्ज्वलन तथा भण्डारा कार्यक्रम गरिएको थियो ।

  • २८ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech