मानन्धरका हत्यारा पक्राउ

असल शासन प्रतिनिधि

 

नेपालगन्ज/  चेतन मानन्धरको हत्यामा सङ्लग्न २ जना फरार अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले विस २०७२ साल असार २८ गते नेपालगन्ज वडा नम्बर ८ का २८ वर्षीय चेतन मानन्धरको हत्यामा सङ्लग्न अभियुक्तलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का ३० वर्षिय हरी वली र ३१ वर्षिय विवाद पाठक रहेका छन् ।
पुर्व रिसीइवीलाई लिएर धारिलो हतियार (खुडा) प्रयोग गरी मानन्धरको हत्या गरिएको थियो । घटनामा सङ्लग्न १५ जना मध्ये ९ जना कारागारमा छन् । घटनामा सङ्लग्नहरुलाई उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासशले मिति २०७६ माघ २८ गते जन्म कैदको फैसला सुनाएको थियो ।


हत्यामा सङ्लग्न फरार मध्येका वली र पाठकलाई साढे पाँच वर्षपछी बाँके प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । फरार रहेका केही अभियुक्तहरु नेपालगन्ज एरिया भित्रै लुकीछिपी बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार बेलुकी साढे ७ बजे २ जनालाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाले पत्रकार सम्मेलनमा बताए । मानन्धरको हत्यामा सङ्लग्न मध्ये ३ जना अभियुक्तहरु अझैँ फरार छन् । फरार मध्ये १ जना बिदेशमा रहेकाले निजलाई नेपालमा ल्याउने तर्फ ईन्टरपोल मार्फत पत्राचार भएको र अन्य २ जनाको खोजतलास कार्य जारी रहेको प्रहरी प्रमुख रानाले बताए ।

  • २८ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech