इसराइलले गरे आफ्नै भाइको हत्या

असल शासन प्रतिनिधि

इसराइलले गरे आफ्नै भाइको हत्या

नेपालगन्ज/ लाठी प्रहार गरी आफ्नै भाइको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
नरैनापुर गाउँपालिका वडा नम्बर ४ नरैनापुर बस्ने ३० वर्षिय इसराइल खाँले आफ्नै भाई १७ वर्षीय रहिस खाँको टाउकोमा लाठी प्रहार गरी हत्या गरेको अभियोगमा बाँके प्रहरीले सोमवार बेलुका पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
सोही ठाउँस्थित वारीसी बाबा सामुदायिक वनमा गएको अवस्थामा घरायसी विवादका कारण नियोजित तरिकाले ईसाईलले लाठी प्रहार गर्दा रहिसको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नैनापुर र ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले ईसाईललाई नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको रानाले बताए ।

  • २८ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech