बैठक सञ्चालन तथा व्यवस्थापन तालिम सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज–जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा सञ्चालित बैठक सञ्चालन तथा व्यवस्थापन तालिम सम्पन्न भएको छ । पौष २५ गते देखि सुरु भएको तालिम पौष २६ गते सम्पन्न भएको हो । २६ जना जुनियर प्रहरी अधिकृतको सहभागिता रहेको तालिममा बासका अध्यक्ष रमेश सिटौला र कार्यकारी निर्देशक नमस्कार शाहले प्रशिक्षण दिएका थिए ।

तालिमको समापनमा जिल्ला प्रहरी कार्यालयका निरीक्षक सुरज खत्रीले तालिमको बारेमा बोलेका थिए । तालिमका सहभागी प्रहरी नायब निरीक्षक दिलसरा रानाले तालिम प्रभावकारी भएको बताएकी थिईन ।

  • २८ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech