स्लो बाइक प्रतियोगिताको आवेदन खुला

असल शासन प्रतिनिधि

नेपालगन्ज– नेपालगन्जमा माघ १० गते हुने स्लो बाइक प्रतियोगिताको आवेदन खुला गरिएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउनका निम्ति आयोजना गरिएको प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिका लागि आवेदन खुला गरिएको छ । तीव्र गतिका कारण बढिरहेको दुर्घटना र त्यसलाई निरुत्साहित गर्दै ट्राफिक नियमको पालना गर्न प्रोत्साहित गर्ने उद्देश्यले स्लो वाईक प्रतियोगिता गर्न लागिएको हो ।

नेपालगन्जमा हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि पाँच सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । नाम दर्ता आवेदन खुला गर्दै आयोजक टिमले प्रतियोगितामा भाग लिन चाहनेका लागि अनलाइनमार्फत् पनि फर्म भर्न सक्ने व्यवस्था गरेको छ । साथै सहभागी हुन इच्छुक प्रतियोगीले बास केन्द्रीय कार्यालय नेपालगन्ज–१० भृकुटीनगरमा गएर समेत नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।

बास नेपालगन्ज र रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जको संयुक्त आयोजना तथा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय नेपालगन्जको सहकार्यमा हुने प्रतियोगिताका विजेताले नगद रुपैयाँसहित प्रमाण पत्रद्वारा सम्मान गरिने छ । प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार रुपैयाँ र प्रमाण पत्र, द्वितीयले ७ हजार रुपैयाँ र प्रमाण पत्र, तृतीयले ४ हजार रुपैयाँ र प्रमाण पत्र पाउने छन् भने एकजनाले सान्त्वना पुरस्कारबापत नगद रु २ हजार रुपैयाँ र प्रमाण पत्र पाउने आयोजक टिमले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागी हुन मोटरसाइकल र स्कुटर दुई पाङ्ग्रे जुनसुकै मोडलको साधन प्रयोग गर्न सकिने छ भने प्रतियोगीसँग अनिवार्य रुफमा लाइसेन्स र प्रयोग गर्ने मोटरसाइकल कण्डिसनमा रहेको हुनु पर्नेछ ।

 

  • २९ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech