रहेनन् पूर्व राज्यमन्त्री यादव

असल शासन प्रतिनिधि

नेपालगन्ज–पूर्व राज्यमन्त्री तथा नेकपाका नेता दिनेशचन्द्र यादव अब माझ रहेनन् । नेकपा बाँकेका इन्चार्ज समेत रहेका यादवको कोरोना संक्रमणका कारण निधन भएको छ । काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका यादवको उपचारका क्रममा बिहीबारबिहान २:३० बजे निधन भएको हो ।

पुष १२ मा कोरोना संक्रमण पुष्टि भएपछि उनको स्वास्थ्य बिग्रदैं गएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उप उपचारका लागि भेरी अस्पतालमा भर्ना भएका यादवलाई १३ पुषमा हेलिकप्टरमार्फत काठमाडौं को ग्राण्डी अस्पताल लगिएको थियो । मधुमेहबाट ग्रसित यादवको वाइपास सर्जरी समेत गरिएको थियो ।

  • १ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech