अनाथाश्रमका बालबालिकासँग खुसी बाँड्दै किरणले मनाए जन्मदिन

असल शासन प्रतिनिधि

नेपालगन्ज –जन्मदिनमा केक काटेर, भोज भतेर गरी फजुल खर्च गरेर मनाउने विकृति बढिरहेका बेला नेपालगन्ज उपमहानगरपालिका– १० भृकुटीनगर बस्ने किरण भट्टले अनाथाश्रममा रहेका बालबालिकासँग खुसी बाँड्दै आफ्नो जन्मदिन मनाएका छन् ।

नेपालगन्ज स्थित जुनीयर आइस्टाइन एकेडेमीमा कक्षा ८ मा अध्ययनरत भट्टले अनाथाश्रममा रहेका बालबालिकालाई खाद्यान्नलगायत दैनिक उपभोग्य सामाग्री वितरण गरेका हुन् । नेपालगन्ज स्थित समाज विकास तथा प्रवद्र्धन केन्द्र बाँकेद्वारा सञ्चालित अनाथ असहाय तथा सडक बालबालिका संरक्षण केन्द्रमा रहेका १४ जना बालबालिकालाई सो सामाग्री सहयोग गरिएको हो । भट्टले जन्मदिनको लागि खर्च गर्ने रकमबाट बालबालिकालाई २५ किलो चामल, ४ किलो दाल, १४ जनालाई एक÷एक पिस टुथपेस्ट र ब्रस वितरण गरेका छन् ।

जन्मदिनमा केक काटेर खर्च गर्नुको साटो आफू जस्तै साथीहरुलाई सामाग्री सहयोग गर्न पाउँदा खुसी लागेको किरणले बताए । बालबालिकालाई खाद्यान्न तथा सामाग्री किरण भट्ट, बुवा हेमराज भट्ट र आमा महेश्वरी भट्टले वितरण गरेका थिए । सामाग्री वितरण कार्यक्रमका बोल्दै गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष तथा बासका कार्यकारी निर्देशक नमस्कार शाहले सानो उमेरमै सेवाको भावना विकास हुनु अन्य बालबालिकाका लागि उदाहरणीय हुने बताए । सामाग्री वितरण पश्चात् बोल्दै अनाथाश्रमका सञ्चालक मिन अर्यालले बावु किरणले सानो उमेरमा बालबालिकाका बीचमा जन्मदिन मनाउनु अनुसरणयोग्य कार्य भएको बताए । उनले घरमै आएर बालबालिकालाई सामाग्री वितरण गर्ने सकारात्मक कार्यको प्रशंसा गरे । बासका निर्वतमान अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको सामाग्री वितरण कार्यक्रममा सहयोग सामाग्रीका बारेमा जानकारी बासका निर्देशक तथा किरणका बुवा हेमराज भट्टले दिएका थिए । सो क्रममा बासका कार्यक्रम संयोजक रविन्द्र बोहरा, लेखा अधिकृत अनिल थापा मगर, कार्यक्रम अधिकृत शुद्ध चौधरीको उपस्थिति रहेको थियो ।

  • १ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech